नेपालमा पहिलोपटक भेटियो मंकीपक्स भाइरस
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पहिलोपटक मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै ६० वर्षीया विदेशी महिलामा एमपक्स भाइरस पुष्टि भएको जनाएको हो । उक्त महिलामा एमपक्ससँग मिल्दोजुलो शंकास्पद लक्षण देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गर्दा आज एमपक्स पुष्टि भएको जनाइएको छ । नेपालमा पहिलोपटक भेटिएको उक्त एमपक्स भाइरस विश्वका १११ देशमा पुष्टि भइसकेको छ । यो मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । जुन मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्छ ।
यसका मुख्य लक्षणहरु ज्वरो आउने, शरीरमा डाबरहरु आउने र ती डाबरको रङ परिवर्तन भई घाउ बन्ने हुन्छ । यसले आँखामा संक्रमण गरी दृष्टि समेत गुमाउनसक्छ भने मस्तिष्क ज्वरो समेत हुने गर्छ । स्वास्थ्य मन्त्रालयले यो रोगसँग मिल्दोजुल्दो लक्षण देखिएमा तुरुन्त मन्त्रालयको कल सेन्टर १११५ र ११३३ मा सम्पर्क गरी परामर्श लिन आग्रह गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण