वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर सेन्टर स्थापना, एक साता नि:शुल्क शल्यक्रिया
हेल्थ टिभी अनलाइन \काठमाडौं : वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर सेन्टर स्थापना गरिएको छ । बिहिबार विश्व ब्रेन ट्युमर दिवसको अवसर पारेर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर सेन्टर स्थापना गरिएको हो ।
सेन्टरको स्थापनासँगै एक साताका लागि ब्रेन ट्युमरका बिरामीको नि शुल्क शल्यक्रिया हुन बताइएको छ । सेन्टरको स्थापनाले ब्रेन ट्युमर भएका बिरामीको सहज, गुणस्तरीय र छिटो उपचार सम्भाव हुने वीर अस्पतालका न्युरो सर्जरी विभागका प्रमुख प्राडा राजीव झाले बताए । उनले यस सेन्टरले ब्रेन ट्युमर भएका बिरामीको लागि यो सेन्टरले एकीकृत सेवा छिटो र छरितो रुपमा दिन सक्ने बताए । उनले धेरै वर्षपछिको प्रयासपछि यो सम्भव भएको पनि जनाए ।
यसैगरी वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले यो सेन्टरको स्थापना गर्नमा धेरै जनाको सहयोग रहेको भन्दै बिहिबारदेखि एक साताका लागि ब्रेन ट्युमर भएका बिरामीको निशुल्क शल्यक्रिया गरिने बताए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण