६ महिनादेखि १५ वर्षमूनिका बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले ६ महिनादेखि १५ वर्ष मूनिका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि ९ जिल्लाका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु गरेको हो ।
सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा ६ महिनादेखि १५ वर्षमूनिका बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइने भएको हो। केही महिनायता देशका विभिन्न जिल्लामा दादुरा महामारी देखिएको र महामारी अन्य जिल्लामा फैलिन सक्ने जोखिम रहेकोले बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप दिइन थालिएको मन्त्रालयले जनाएको छ ।
दादुरा कोभिड १९ भन्दा पनि ढी तीब्र गतिमा फैलिन सक्ने र मृत्यु दर पनि उच्च भएको रोग हो । एक जना दादुरा संक्रमितले १८ जनासम्मलाई रोग सार्न सक्ने पनि मन्त्रालयले जनाएको छ । छिटो फैलिनसक्ने रोग भएकाले हरेक अभिभावकले आफना बालबािलकाको लागि नजिकैको स्वास्थ्य संस्थामा गएर अनिवार्य खोप लगाउन आग्रह मन्त्रालयले आग्रह गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण