एमबीबीएस र बिडीएसको लाइसेन्स परीक्षामा ३८ प्रतिशत मात्र उत्तीर्ण

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा एमबीबीएस र बीडीएस गरी लाइसेन्स परीक्षामा उत्तीर्ण हुनेको संख्या जम्मा ३८ दशमलव ३९ प्रतिशत छ। काउन्सिलले शुक्रबार सूचना नतिजा प्रकाशित गर्दै एमबीबीएस तर्फ ४० दबमलब ४९ र बिडीएस तर्फ २९ दबमलब ६१ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको जनाएको हो । दुबैको नतिजा हेर्दा कुल प्रतिशत नजिता ३८ दशमलब ३९ प्रतिशत मात्र हुन आउँछ ।
एमबीबीएफ तर्फ १ हजार ३९२ र बिडीएस तर्फ ३३४ जनाले परीक्षाका लागि फारम भरेका थिए। जसमध्ये १ हजार ३७८ एमबीबीएफ र ३३१ बिडीएफ का विद्यार्थी उपस्थित भएको काउन्सिलले जनाएको छ।
कुल सहभागीमध्ये एमबीबीएस तर्फ ५५८ उत्तीर्ण, ८१६ अनुत्तीर्ण भएका छन। १४ जना अनुपस्थित र ४ जनाको परीक्षा रोकिएको काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारीले जनाए ।
बिडीएस तर्फ कुल सहभागीमध्ये ९८ जना उत्तीर्ण र २२५ जना अनुत्तीर्ण भएका छन्। ३ जना अनुपस्थित र ८ जनाको परीक्षा रोकिएको काउन्सिलले जनाएको छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु