नेपाल क्यान्सर अस्पतालको ओपीडी सेवा आज निःशुल्क

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले आफनो छैठौं वार्षिकोत्सवको अवसर पारेर बिरामीका लागि आज निशुल्क ओपीडी सेवा संचालन गरेको छ ।
अस्पतालले विभिन्न कार्यक्रमहरु गर्ने क्रममा आज एक दिने निशुल्क ओपीडी सेवा समेत राखेको हो । ओपीडी बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने अस्पतालले जनाएको छ । यसैगरी वार्षिकोत्सवकै अवसर पारेर अस्पतालमा गरिने विभिन्न ल्याब टेस्टहरुमा विशेष छुट प्रदान गरिएको पनि अस्पतालले जनाएको छ ।
नेपालीको क्यान्सर उपचार नेपालमै सम्भव छ भन्ने नाराका साथ ६ वर्ष अघि यस अस्पतालको स्थापना भएको थियो । भोलि जेठ २० गते अस्पतालले विशेष कार्यक्रमको आयोजना गरी छैठौं वार्षिकोत्सव मनाउँदैछ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु