नेपाल क्यान्सर अस्पतालको ओपीडी सेवा आज निःशुल्क
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले आफनो छैठौं वार्षिकोत्सवको अवसर पारेर बिरामीका लागि आज निशुल्क ओपीडी सेवा संचालन गरेको छ ।
अस्पतालले विभिन्न कार्यक्रमहरु गर्ने क्रममा आज एक दिने निशुल्क ओपीडी सेवा समेत राखेको हो । ओपीडी बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने अस्पतालले जनाएको छ । यसैगरी वार्षिकोत्सवकै अवसर पारेर अस्पतालमा गरिने विभिन्न ल्याब टेस्टहरुमा विशेष छुट प्रदान गरिएको पनि अस्पतालले जनाएको छ ।
नेपालीको क्यान्सर उपचार नेपालमै सम्भव छ भन्ने नाराका साथ ६ वर्ष अघि यस अस्पतालको स्थापना भएको थियो । भोलि जेठ २० गते अस्पतालले विशेष कार्यक्रमको आयोजना गरी छैठौं वार्षिकोत्सव मनाउँदैछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण