सुर्तीजन्य पदार्थ विरुद्ध सचेतना जगाउन वक्तृत्वकला प्रतियोगिता

हेल्थ टिभी अनालइन \काठमाडौं : सुर्तीजन्य पदार्थ विरुद्ध सचेतना जगाउन विद्यार्थीहरुवीच वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।
नेपाल क्यान्सर रिलिफ सोसाइटीको आयोजना तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, उपचारका लागि सहयोगी हातहरु, नेपाल क्यान्सर सपोर्ट ग्रुप र रोटरी क्लब अफ एलको समन्वयमा उक्त वक्तृत्वकला प्रतियोगिता भएको हो । बुधबार विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर उक्त कार्यक्रम गरिएको हो ।
वक्तृत्वकला प्रतियोगितामा ललितपुरका १० विद्यालयका २० जना विद्यार्थीहरुले भाग लिएका थिए ।
उक्त वक्तृतवकला प्रतियोगितामा आदर्श सौला युवक सेकेन्डरी स्कूलले पहिलो र दोस्रो पुरस्कार हात पारेको थियो । कार्यक्रम नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिमा भएको थियो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु