स्वास्थ्य पत्रकार जोशीलाई ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य पत्रकार पदमराज जोशीलाई यस वर्षको स्वास्थ्यमन्त्री ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कार प्रदान गरिएको छ ।
सुर्तीजन्य पदार्थको उत्पादन, बिक्री वितरण, उपभोग गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण र नियमन गर्न समाचार प्रकाशन गरी पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान गरेको भन्दै जोशीलाई उक्त पुरस्कार दिइएको हो । बुधबार सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जोशीलाई पुरस्कार प्रदान गरेका हुन्।
उक्त पुरस्कारको राशी नगद ५० हजार रुपैयाँ सहित प्रमाणपत्र रहेको छ । जोशी हेल्थ टुडे राष्ट्रिय मासिक र हेल्थ टुडे नेपाल डटकम अनलाइनका सम्पादक हुन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण