स्वास्थ्य पत्रकार जोशीलाई ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य पत्रकार पदमराज जोशीलाई यस वर्षको स्वास्थ्यमन्त्री ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कार प्रदान गरिएको छ ।
सुर्तीजन्य पदार्थको उत्पादन, बिक्री वितरण, उपभोग गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण र नियमन गर्न समाचार प्रकाशन गरी पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान गरेको भन्दै जोशीलाई उक्त पुरस्कार दिइएको हो । बुधबार सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जोशीलाई पुरस्कार प्रदान गरेका हुन्।
उक्त पुरस्कारको राशी नगद ५० हजार रुपैयाँ सहित प्रमाणपत्र रहेको छ । जोशी हेल्थ टुडे राष्ट्रिय मासिक र हेल्थ टुडे नेपाल डटकम अनलाइनका सम्पादक हुन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु