सरकारले आज बजेट ल्याउँदै, स्वास्थ्यको कति ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८० \८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक गर्दैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो । जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधान अनुरुप नै अर्थमन्त्री प्रकाश शरण महतले आज दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन्।
यहीवीच स्वास्थ्यको बजेट कति आउला भन्ने स्वास्थ्य क्षेत्रका सरोकारवालाको चासोको विषय रहेको छ । यसपटक स्वास्थ्यमा बजेट घटेर आउने संकेत दिएको स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले जनाएका छन्। यसभन्दा अघि कोभिडका कारण लगातार ३ वर्ष त्यसको नियन्त्रणमा बढी केन्द्रित भएर बजेट आएको थियो भने यसपटक स्वास्थ्य बीमा, पूर्वाधार विकास, औषधीजन्य सामग्राीको उत्पादन, आधारभुत स्वास्थ्य लगायतका केन्द्रित भएर बजेट आउने अनुमान गरिएको छ ।
विज्ञहरुले नेपालको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि कुल बजेटको कम्तीमा १० प्रतिशत स्वास्थ्यमा छुट्याउनसपर्ने बताउँदै आएको भए पनि सधैं जसो ४ देखि ७ प्रतिशसम्मको बजेट मात्र आउने गरेको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’