स्वास्थ्य मन्त्री बस्नेतद्धारा वीर अस्पतालको निरीक्षण, सेवा सुधार गर्न निर्देशन
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मुलुककै जेठो वीर अस्पतालको निरीक्षण गरेका छन् । उनले शुक्रबार वीर अस्पतालको निरीक्षणका क्रममा वीर विपन्न नागरिकको भरोसा भएकाले यसकाे सुधारमा लाग्न नेतृत्वलाई निर्देशन समेत दिए ।
उनले वीर अस्पतालका बारेमा आउने विभिन्न टिका टिप्पणीलाई मनन गर्दै नेतृत्वले नागरिकले महशुस गर्ने गरी सुधार गर्नुपर्ने बताए । उनले भने, ‘यो अस्पताल कोही नभएका र आर्थिक अवस्था कमजोर भएका बिरामीको ठूलो भरोसा हो। उहाँहरुको भरोसालाई खेर जान नदिनुस्। के कसरी सुधार गर्न सकिन्छ त्यसमा लाग्नुस् । कोही पनि बिरामी यहाँ आएपछि उपचार नपाएर फर्किन नपरोस्।’
मन्त्री बस्नेतले वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी आफनो ड्युटी समयमा नै निजी अस्पताल र क्लिनिकहरुमा जाने गरेको गुनासो आइकाले ड्युटी समयमा अस्पताल छोडेर निजीमा जाने चिकित्सकलाई कारवाही गर्न वीरको नेतृत्वलाई निर्देशन दिए । उनले वीर अस्पतालको सेवा सुधार्न यहींका चिकित्सक तथा स्वास्थ्यकर्मीले इमान्दार प्रयास गर्नु पर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको समेत जिकीर गरे ।
सो क्रममा मन्त्री बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति प्राडा भुपेन्द्र कुमार बस्नेत र वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले वीर अस्पतालले प्रदान गरिरहेकाे सेवा र सुविधाका विषयमा मन्त्री बस्नेतलाई ब्रिफिङ गरेका थिए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’