स्वास्थ्य बीमामार्फत तीन महिनाको औषधि एकैपटक दिँदै भरतपुर अस्पताल

हेल्थ टिभी अनलाइन\ चितवन : चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बीमामा रहेका बिरामीका लागि एकैपटक तीन महिनाको औषधी दिने भएको छ ।
अस्पतालले सूचना जारी गर्दै हालसम्म चिकित्सकको प्रेस्क्रिप्सन अनुसार दीर्घ रोगी जस्तै मधुमेही, थाइराइडको समस्या भएका, उच्च रक्तचापको समस्या भएका लगायतलाई २ महिनासम्मको औषधि दिंदै आएकोमा आजदेखि तीन महिनाको लागि औषधि दिइने जनाएको हो । पटक पटक अस्पताल आउन नपरोस र भीड कम होस् भन्ने उद्धेस्यले अस्पतालले यस्तो निर्णय गरेको जनाएको छ ।
यसरी बीमाको औषधि लिन चाहने बिरामीले दिउँसो १ देखि २ बजेको टिकट काटेर ५ बजेसम्म सेवा लिन सक्ने अस्पतालले जनाएको छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु