सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही गरिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही गरिने जनाएको छ । बुधबार एक सूचना जारी गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले अबदेखि सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गरेको पाइएमा कारवाही गरिने जनाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर श्रेष्ठद्धारा जारी सूचनामा सुर्तीजन्य पदाथ नियन्त्रण र नियमन ऐन, २०६८ को दफा ४ अनुसार सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नहुने’ कानूनी व्यवस्था भएकाले सोही अनुसार सो निर्देशन दिइएको उल्लेख छ ।
सूचनामा सरकारले सार्वजनिक स्थल भनेर तोकेका सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, विमानस्थल, सार्वजनिक शौचालय, पार्क, चलचित्र घर, रङ्गशाला, धार्मिक स्थल, प्रतीक्षालय लगायतका सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्न र नगराउन भनिएको छ । यसैगरी १८ वर्ष नपुगेका र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ विक्री तिरण नगर्न पनि भनिएको छ ।
कानून विपरित गएर यसको सेवन तथा विक्री वितरण गरेको पाइएमा आवश्यक कारवाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’