सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही गरिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही गरिने जनाएको छ । बुधबार एक सूचना जारी गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले अबदेखि सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गरेको पाइएमा कारवाही गरिने जनाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर श्रेष्ठद्धारा जारी सूचनामा सुर्तीजन्य पदाथ नियन्त्रण र नियमन ऐन, २०६८ को दफा ४ अनुसार सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नहुने’ कानूनी व्यवस्था भएकाले सोही अनुसार सो निर्देशन दिइएको उल्लेख छ ।
सूचनामा सरकारले सार्वजनिक स्थल भनेर तोकेका सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, विमानस्थल, सार्वजनिक शौचालय, पार्क, चलचित्र घर, रङ्गशाला, धार्मिक स्थल, प्रतीक्षालय लगायतका सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्न र नगराउन भनिएको छ । यसैगरी १८ वर्ष नपुगेका र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ विक्री तिरण नगर्न पनि भनिएको छ ।
कानून विपरित गएर यसको सेवन तथा विक्री वितरण गरेको पाइएमा आवश्यक कारवाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु