विपन्न बिरामीका लागि १० प्रतिशत बेड छुट्याउन काठमाडौं महानगरको निर्देशन
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिकाले विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि आफनो अस्पतालमा कुल बेडको १० प्रतिशत बेड छुट्याइ नि :शुल्क उपचार गर्न सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
महानगरपालिकाले आफू मातहतका सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई उक्त निर्देशन दिएको हो । यसका साथै महानगरले जारी गरेको सूचनामा स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकमी र अन्य कर्मचारीहरुको प्रचलित कानुनले ताकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्न पनि उल्लेख छ ।
उल्लेखित विषयका अतिरिक्त लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्ने तथा महानगरमा प्रत्येक महिना को १० गतेसम्म नबुझाउने पाइएमा काठमाडौँ महानगर पालिकाबाट नियमानुसार कारवाही हुने ब्यहोरा पनि उक्त सूचनामा उल्लेख गरिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण