Health TV Online
Health TV Online
Health TV Online

खोप लगाउन छुटेका ५ वर्षमूनिका बालबालिकालाई वैशाख ३१ गते खोप दिइँदै

खोप लगाउन छुटेका ५ वर्षमूनिका बालबालिकालाई वैशाख ३१ गते खोप दिइँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : नियमित खोप लगाउन छुटेका ५ वर्ष मूनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाइने भएको छ ।

सरकारले राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाभित्र लगाउनुपर्ने नियमित खोप छुटेका ५ वर्ष मूनिका बालबालिकालाई नियमित खोप दिन लागेको हो । खोप लगाउन छुटेका बालबालिकाका लागि वृहत् खोज र खोप अभियान अन्तर्गत वैशाख ३१ गने देशभरका सबै स्वास्थ्य संस्थाबाट उक्त खोप दिन लागिएको हो ।

पूर्ण खोप लिएर सबै बालबालिका सुरक्षित नभएसम्म कोही पनि सुरक्षित रहन नसक्ने भन्दै सरकारले खोपमा छुटेकालाई यो अभियान सञ्चालन गरिएको जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना