‘जिउँदो शहीद’ मुकेश कायस्थको निधन
हेल्थ टिभी अनलाइन \काठमाडौं : विसं २०६२ \६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ।
जिउँदो शहीद भनेर चिनिने कायस्थको गए राति निधन भएको हो। कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो ।
२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको टाउकाेमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो ।
सरकारले मुकेशको उपचार खर्च तथा स्याहार सुसारका लागि भन्दै रकम उपलब्ध गराउँदै आएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण