विश्व स्वास्थ्य संगठनद्वारा कोभिड १९ स्वास्थ्य आपतकाल समाप्त भएको घोषणा

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ‘कोभिड- १९ स्वास्थ्य आपतकाल समाप्त भएको घोषणा गरेको छ । शुक्रबार डब्लूएचओले अबदेखि कोभिड १९ स्वास्थ्य आपतकाल नरहेको घोषणा गरेको हो।
कोराना भाइरसबारे पहिलोपटक सन् २०२० मा उच्चतम स्तरको सतर्कता लिनुपर्ने भन्रदै स्वास्थ्य आपतकालमा घोषणा गरिएको थियो । डब्ल्यूएचओका प्रमुख डा टेड्रोसले महामारीमा ७० लाख भन्दा बढी मानिसको ज्यान गएको जानकारी दिए। उनले वास्तविक तथ्यांक अझ यो भन्दा तीन गुणाले बढी हुनसक्ने अनुमान गरेको समेत जिकीर गरे ।
उनले अहिलेलाई समस्या नभए पनि भाइरस पूर्ण रुपमा समाप्त नभइसकेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने तथा सावधानी अपनाउन भने जरुरी रहेको बताए ।
कोभिड १९ सन् २०१९ को डिसेम्बरमा पहिलोपटक चीनबाट देखा परेको थियो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु