विश्व स्वास्थ्य संगठनद्वारा कोभिड १९ स्वास्थ्य आपतकाल समाप्त भएको घोषणा
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ‘कोभिड- १९ स्वास्थ्य आपतकाल समाप्त भएको घोषणा गरेको छ । शुक्रबार डब्लूएचओले अबदेखि कोभिड १९ स्वास्थ्य आपतकाल नरहेको घोषणा गरेको हो।
कोराना भाइरसबारे पहिलोपटक सन् २०२० मा उच्चतम स्तरको सतर्कता लिनुपर्ने भन्रदै स्वास्थ्य आपतकालमा घोषणा गरिएको थियो । डब्ल्यूएचओका प्रमुख डा टेड्रोसले महामारीमा ७० लाख भन्दा बढी मानिसको ज्यान गएको जानकारी दिए। उनले वास्तविक तथ्यांक अझ यो भन्दा तीन गुणाले बढी हुनसक्ने अनुमान गरेको समेत जिकीर गरे ।
उनले अहिलेलाई समस्या नभए पनि भाइरस पूर्ण रुपमा समाप्त नभइसकेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने तथा सावधानी अपनाउन भने जरुरी रहेको बताए ।
कोभिड १९ सन् २०१९ को डिसेम्बरमा पहिलोपटक चीनबाट देखा परेको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण