Health TV Online
Health TV Online

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बहादुर बस्नेत नियुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बहादुर बस्नेत नियुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बहादुर बस्नेत नियुक्त भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा बस्नेतलाई नियुक्त गरेका हुन्।

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनी सहित तीन मन्त्रीहरु नियुक्त गरेका छन्। यसअघिका स्वास्थ्यमन्त्री पदम गिरीले राजिनामा दिएपछि २ महिनादेखि स्वास्थ्य मन्त्रालय मन्त्री विहिन रहेको थियो ।

बस्नेतसँगै नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला र डिगबहादुर लिम्बू युवा तथा खेलकुद मन्त्री बनेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार