नर्स आत्महत्या घटना : डा ढकाल पक्राउ

हेल्थ टिभी अनलाइन \काठमाडौं : डाक्टर प्रेमीले विवाह गर्न नमानेको भन्दै आत्महत्या गरेकी नर्सको परिवारले दिएको आत्महत्या दुरुत्साहनको जाहेरीपछि प्रहरीले प्रेमी भनिएका डा सुजन ढकालललाई पक्राउ गरेको छ।
प्रहरी वृत्त बालाजुका डिएसपी मनजित कुँवरले ढकाललाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहनको कसुरमा अनुसन्धान अघि बढाएको बताएका छन्।
वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठले डा सुजन ढकाल लामो समयदेखि आफनो प्रेमी रहेको र अहिले विवाह गर्न नमानेको भन्दै शनिबार काठमाडौं बोहराटारस्थित सुजनको घरमा गएर आत्महत्या गरेकी थिइन्। उनले सुसाइड नोटमा सबै कुरा उल्लेख गरेको बताइएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु