भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले आफैं व्यहोर्ने
हेल्थ टिभी अनलाइन \काठमाडौ : राष्ट्रपति रामचन्द्र पौडेलले भारतको नयाँदिल्लीमा भएको आफनो उपचार खर्च आफैं व्यहोर्ने चाहेको बताएका छन्।
राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले मंगलबार एक वक्तव्य जारी गर्दै पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सहरुको सल्लाहमा वैशाख ६ गते दिल्लीस्थित एम्स अस्पतालमा लगिएको र उक्त उपचार खर्च सरकारको कोषबाट नभई पौडेल आफैंले व्यहोर्न चाहेको बताएका छन्।
राष्ट्रपति पौडेल नेपालमा उपचार नगरी दिल्ली गएपछि सर्वसाधारणबाट विभिन्न टीकाटिप्पणी आएको थियो। उनी ११ दिनको उपचारपछि आइतबार राति स्वदेश फर्किएका थिए ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण