Health TV Online
Health TV Online
Health TV Online

भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले आफैं व्यहोर्ने

भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले आफैं व्यहोर्ने

हेल्थ टिभी अनलाइन \काठमाडौ : राष्ट्रपति रामचन्द्र पौडेलले भारतको नयाँदिल्लीमा भएको आफनो उपचार खर्च आफैं व्यहोर्ने चाहेको बताएका छन्।

राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले मंगलबार एक वक्तव्य जारी गर्दै पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सहरुको सल्लाहमा वैशाख ६ गते दिल्लीस्थित एम्स अस्पतालमा लगिएको र उक्त उपचार खर्च सरकारको कोषबाट नभई पौडेल आफैंले व्यहोर्न चाहेको बताएका छन्।

राष्ट्रपति पौडेल नेपालमा उपचार नगरी दिल्ली गएपछि सर्वसाधारणबाट विभिन्न टीकाटिप्पणी आएको थियो। उनी ११ दिनको उपचारपछि आइतबार राति स्वदेश फर्किएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना