ह्याम्स अस्पतालको विशेषज्ञ चिकित्सक सहितको नि:शुल्क स्वास्थ्य शिविर

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले जुगल सिन्धु उत्थान समाजसँगको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं २ स्थित श्री कालिकादेवी माध्यमिक विद्यालयको प्रांगणमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरेको हो । गत शनिबार भएको उक्त शिविरमा २५० जना भन्दा बढीले स्वास्थ्य सेवा लिएका थिए ।
शिविरमा स्त्री तथा प्रसुति रोग, नाक कान घाँटी रोग र जनरल फिजिसियन सेवा साथै शिविरमा आवश्यक परेका बिरामीलाई ओषधी समेत निशुल्क प्रदान गरिएको थियो ।
उक्त शिविरमा ह्याम्स अस्पतालका वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा अतित पौडेल, नाक कान घाँटी रोग विशेषज्ञ डा श्रद्धा फुयाल , जनरल फिजिसियन डा गुन्जन खड्का लगायतको टोलीले निशुल्क सेवा प्रदान गरेका थिए ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु