Health TV Online
Health TV Online
Health TV Online

अस्पतालले पार्किङ शुल्क उठाएको पाइएमा कारवाही गरिने

अस्पतालले पार्किङ शुल्क उठाएको पाइएमा कारवाही गरिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : अस्पतालहरुले आफनो अस्पतालमा आएका सवारीसाधनको पार्किङ शुल्क उठाएको पाइएमा कारवाही गरिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पार्किङ शुल्क उठाउने अस्पताललाई कारवाही गर्ने जनाएको हो । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका उपसचिव एकदेव खनालले बुधबार एक विज्ञप्ति जारी गर्दै अस्पतालहरुले नियम विपरित पार्किङ शुल्क लिने गरेको गुनासो आएको भन्दै उक्त कदम तुरुन्त रोक्न आग्रह गरेका हुन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालमा पार्किङको शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको भन्ने गुनासा प्राप्त भएकोले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ तथा अन्य प्रचलित कानूनमा भएका सम्पूर्ण व्यवस्था पूर्ण रूपमा पालना गर्न गराउन सबैमा अनुरोध छ।’

कानूनले अस्पतालमा पार्किङ सुविधा उपलब्ध गराए वापत सेवाग्राहीबाट शुल्क लिन वर्जित गरेको छ । तर राजधानीका अधिकांश अस्पतालले सेवाग्राहीसँग पार्किङ शुल्क उठाउने गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना