गर्मीमा तातो हावा वा लुबाट जोगिने उपाय

हेल्थ टिभी अनलाइन : गर्मी मौसममा विषेश गरी तराई क्षेत्रमा तातो हावा लाग्ने तथा लु चल्ने गर्छ ।
यसबाट जोगिन नसक्दा मानिस बिरामी पर्ने हुन्छ । त्यसैले यसबाट जोगिनका लागि सकेसम्म दिउँसोको समयमा घरबाट बाहिर निस्कन हुँदैन्। यसैगरी केही गरेर बाहिर निस्कनै परेमा छाताको प्रयोग गर्ने तथा पातलो कपडा टाउकोमा राखेको राम्रो ।
बढी गर्मी हुने हुँदा प्रसस्त पानी तथा फलफूलको जुस पिउने, चिसो पानीले बिहान बेलुका नुहाउने गर्नुपर्छ । बढी गुलिया पेयपदर्था चिया, कफी सकेसम्म नपिउने वा कम गर्ने गर्नु यो बेला उत्तम मानिन्छ । यो बेला खेतबारीको कामको पनि चटारो हुनेगर्छ । यस्ता काम सकेसम्म बिहान र बेलुकामा गर्दा तातो हावाले असर गर्न पाउँदैन ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल