Health TV Online
Health TV Online
Health TV Online

वायु प्रदूषणले धुमिल काठमाडौं

वायु प्रदूषणले धुमिल काठमाडौं

हेल्थ टिभी अनलाइन \काठमाडौं : आज बिहान काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा १ नम्बरमै पुगेको छ ।

वायू प्रदूषण अत्यधिक बढेसँगै विज्ञहरुले सावधानी अपनाउन आग्रह गरेका छन्। वायु प्रदूषणका कारण स्वास्थ्यमा विभिन्न समस्या निम्तिन सक्ने भन्दै उनीहरुले आवश्यक सावधानी अपनाउन र मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेका हुन्।

शनिबारदेखि नै काठमाडौं सफा हुन सकेको थिएन र आइतबार भने काठमाडौंलाई संसारकै प्रदुषित शहरको सूचीको पहिलो स्थानमा राखियाे । काठमाडौंको आकाश दिनभरि नै तुवाँलोले ढाक्यो।

वायू प्रदूषणका कारण ‘भिजिविलिटी’ पनि निकै कम भएका कारण धेरै प्लेनहरु उड्न सकेनन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना