थप १०६ जनामा कोरोना संक्रमण, २७ जना संस्थागत आइसोलेसनमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा १०६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ सय ८८ जनाको नमुना परीक्षण गरिएकोमा १०६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ । यहीवीच ७४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले संस्थागत आइसोलेसनमा २७ जना रहेका छन्। उनीहरुमध्ये १२ जना आइसीयूमा र ३ जना भेन्टिलेटरमा रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु