थप ९८ जनामा कोरोना पुष्टि, ५ जना आइसीयू र भेन्टिलेटरमा उपचाररत
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर कोरोना संक्रमण बढ्न थालेको छ । गत २४ घण्टामा मात्रै ९८ जना नयाँ संक्रमित फेला परेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ सय ६८ जनाको नमुना परीक्षण गरिएकोमा ९८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर फेरि एकपटक कोरोना संक्रमितको संख्या बढेर ३२२ पुगेको छ ।
यसैगरी संस्थागत आइसोलेसनका १७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । उता ४ जना सिकिस्त संक्रमित आइसीयू र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यहीवीच १८ हजार १४२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’