स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं सम्मेलन हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै परिषद्ले स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन यही यही चैत २८ र २९ गते काठमाडौंमा गर्न लागेको जानकारी दिएको हो । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।
यस वर्षको सम्मेलनको नारा ‘स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वर्यनका लागि तथ्य र अन्वेषण’ भन्ने रहेको छ । सम्मेलनकाबारेमा जानकारी दिंदै परिषद्का कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले परिषद्ले प्रत्येक वर्ष स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको मनोबल बढाउँदै र उनीहरुलाई अनुसन्धानमा प्रोत्साहन गर्नका लागि यस्तो खालको सम्मेलन गर्दै आएको र यसपटक पनि स्वास्थ्य अनुसन्धानकर्ता, नीतिनिर्माणकर्ता, जनसंख्याविद लगायतका विज्ञहरु एकै थलोमा भेला भई अनुसन्धानका विषयमा छलफल र अन्तरक्रिया हुने बताए ।
उनले यस वर्ष २ सय बढी मोखिक र पोष्टर प्रस्तुतीका लागि अब्स्ट्याक्ट आएको भए पनि समय अभावका कारण दुबै गरी एक सय पेपर प्रस्तुतीकरण हुने जानकारी दिए । यस वर्षका विषयवस्तुहरुमा स्वास्थ्य प्रणाली तथा नीति, आकस्मिक जनस्वास्थ्य, जैविक आयुर्वेद तथा परम्परागत चिकित्सा र ट्रान्सलेसन रिसर्च , क्लिनकल रिसर्च एण्ड बायोथिक्स लगायतका विषयवस्तु रहेका छन्।
यसैगरी एक दर्जभनदा बढी व्यक्तित्वलाई आमन्त्रित गरी विज्ञको रुपमा प्रस्तुतीका लागि निमन्त्रण समेत गरिएको छ । डा ज्ञवालीले सम्मेलनलाई पारदर्शी बनाउनका लागि विभिन्न तहका समितिहरु गठन गरी काम गरिरहेको जनाए ।
सम्मेलनमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि विभिन्न विधाहरुमा अवार्ड समेत प्रदान गरिनेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण