‘स्वस्थ महिला, सबैमा पहिला’ विषयक छलफल
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा आज ‘स्वस्थ महिला, सबैमा पहिला’ विषयक छलफलको आयोजना गरिएको छ । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको निर्भीक नारी नामक कार्यक्रममा उक्त विषयमा छलफल चलाइएको हो । विभिन्न व्यवधानका वावजुत आ आफनो क्षेत्रमा अब्बल हुन सफल नारीहरुको सम्मानमा विगत ३ वर्षदेखि नारी मासिक पत्रिकाले उक्त कार्यक्रम गर्दै आएको छ ।
त्यस अन्तर्गत भएको स्वस्थ महिला, सबैमा पहिला विषयमा छलफल कार्यक्रममा बोल्दै डा स्वस्ती शर्माले एउटा परिवारमा महिला बिरामी पर्नु र पुरुष सदस्य बिरामी पर्नुमा धेरै नै फरक पर्ने बताइन । उनले महिलाले अरु बिरामी पर्दा आफनो दिलोज्यान दिएर स्याहार सुसार गर्ने गरे पनि आफू बिरामी हुँदा चाहिं सकेसम्म सहने बानी भएको भन्दै यस्तो गर्न नहुने बताइन । उनले घरको महिला बिरामी पर्दा घर नै लथालिंग हुने भन्दै महिला आफनो स्वास्थ्यप्रति पहिले आफै सचेत हुनपर्नेमा जोड दिइन ।
यसैगरी डा नवराज केसीले महिलाले आफूभन्दा पहिले बच्चाबच्ची र परिवारको स्वास्थ्यको ख्याल गर्ने गरेको प्रसंग उठाउँदै आफनो रोगको लक्षणलाई वास्ता नगर्दा कडा खालका रोग अन्तिममा मात्र पत्ता लाग्ने गरेको बताए । महिलाको स्वास्थ्य परिवारमा धेरै नै हुने र स्वस्थ रहनका लागि अरुलाई मात्र सिकाउने भन्दा पनि आफूले पनि सोही पालना गर्नुपर्ने बताए ।
कार्यक्रममा अन्य वक्ताहरुले पनि महिला आफनो स्वास्थ्यप्रति सजग भए मात्र परिवार र अन्यको स्याहार र सेवा गर्न सक्ने भन्दै आफनो स्वास्थ्यलाई वेवास्ता नगर्न सल्लाह दिएका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण