बढ्दै कोरोना, सक्रिय संक्रमितको संख्या ७८ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर फेरि एकपटक कोरोना संक्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा गरिएको २४२९ नमुना परीक्षणमा २४ जना नयाँ संक्रमित थपिएका हुन्।
योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७८ पुगेको छ । यहीवीच ३ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा २८ हजार ९१० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हिजो मात्रै ६९ जना नयाँ संक्रमित थपिएका थिए ।
जबकी देशमा कोरोना संक्रमण लगभग शुन्यमा झर्न थालेको थियो । तर केही दिन यता फेरि संक्रमण बढ्न थालेको देखिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण