के हो शिरोधारा उपचार ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : शिरोधारा एउटा यस्तो उपचार पद्धति हो जसले मानिसको सुन्दरता बढाउन मात्र होइन शारीरिक र मानसिक रूपमा तन्दुरुस्त राख्न मद्दत गर्छ। शिरोधारा संस्कृत शब्द शिरस् र धाराबाट बनेको हो। शिरस् भनेको टाउको र धारा भनेको केही तरल वस्तु बगाउनु हो। यसरी शिरमा तेलको धारा खसाल्नुलाई शिरोधारा भनिन्छ। यसमा औषधियुक्त तेलको माध्यमबाट मसाज गरिन्छ ।
शिरोधारा जडीबुटी मिश्रित तेलका माध्यमबाट मसाज गर्ने एक तरिका हो। यसका लागि विशेष किसिमको तेल प्रयोग गरिन्छ । शिरोधारामा तेलको सट्टा दूध या मही पनि प्रयोग गर्न सकिन्छ । यसमा जडिबुटीहरु हालेर विशेष तेल बनाइन्छ । ठूलो एउटा भाँडामा तेल राखिन्छ जसको बिच भागमा प्वाल हुन्छ। त्यही प्वालबाट निस्कने तेललाई व्यक्तिको निधारको बिच भागमा पारिन्छ । यो तेल मनतातो हुनुपर्छ। निधार र टाउकोमा यस्तो तेल लगभग ४५ मिनेट सम्म खसालिन्छ।
शिरोधाराबाट के लाभ हुन्छ ?
अहिलेको भागदौडको जीवनमा मानिसमा धेरै नै तनाव रहिरहन्छ। यस्तै तनावबाट छुट्कारा पाउन शिरोधारा अति उत्तम माध्यम हो । यो एक किसिमको मेडिटेसन पनि हो। यसले तेल भित्रसम्म गएर कपाल र नर्भ सिस्टमलाई सहज बनाउँछ। शिरोधाराले सुख्खा कपाललाई चमकदार र मजबुत बनाउन पनि मद्दत गर्छ। यसले डिप्रेसनको समस्या पनि कम गर्छ ।
शिरोधाराको बेला टाउकोमा झर्ने तेल को धाराबाट एक निश्चित मात्रामा कम्पन निस्कन्छ जसले शरीरका विभिन्न अंगहरु लाई क्रियाशील बनाइदिन्छ। शिरोधारा शारीरिक र मानसिक स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक मानिन्छ। मानसिक तनाव, टाउको दुख्ने, माइग्रेन र निद्रा नलाग्ने जस्ता समस्यामा शिरोधारा उपयोगी मानिन्छ।
कपाल झर्नबाट रोक्छ।
तनाव कम गर्न मद्दत गर्छ।
माइग्रेन समस्या कम गर्छ।
उच्च रक्तचाप कम गर्न मद्दत गर्छ।
निद्रा नलाग्ने समस्या कम गर्छ।
शरीरमा स्फूर्ति पैदा गर्छ।
ध्यान राख्नुपर्ने कुरा
शिरोधारा हेर्दा जति सरल देखिन्छ, त्यति हुँदैन। यसका लागि विशेषज्ञबाट नै शिरोधारा मसाज गराउनुपर्छ। किनकी कहिलेकाही गलत ढंगबाट गरिएको मसाजले नर्भ सिस्टमलाई असर गर्न सक्छ। सही स्थान र विशेषज्ञ बाट शिरोधारा मसाजले शरीरलाई फाइदै फाइदा गर्छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल