स्वास्थ्यमा महिला नेतृत्वका लागि अवसर र चुनौतीबारे सम्मेलन सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य क्षेत्रमा महिला नेतृत्वको लागि अवसर र चुनौती नामक एक दिने सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र वुमन इन ग्लोबल हेल्थ नर्वेको संयुक्त आयोजनामा सम्मेलन भएको हो । सम्मेलनमा नेपालमा स्वास्थ्य क्षेत्रमा नीतिगत तहमा पुगेका महिला स्वास्थ्यकर्मी तथा नर्वेबाट आएका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।
आइओएमकी डीन प्राडा दिव्या सिंह शाहले दुई देशमा स्वास्थ्य क्षेत्रमा महिला नेतृत्वमा पुग्न कस्तो चुनौती भोग्न पर्यो र अब हामी मिलेर के गर्न सक्छौं भन्ने विषयमा छलफल गर्नका लागि कार्यक्रमको आयोजना गरिएको जनाइन् । उनले सम्मेलनमा बोल्दै महिला भएकै कारण स्वास्थ्य मात्र हैन कुनै पनि क्षेत्रको नेतृत्तमा पुग्न कोही पनि बाधक बन्न नहुने र त्यसका लागि महिला स्वयं पनि सबै चुनौती सामना तयार भएर अघि बढ्न पर्नेमा जोड दिइन । उनले नेपाल मात्र नभएर विकसित देशहरुमा पनि महिला नेतृत्वमा पुग्न निकै संघर्ष गर्नु परेको अनुभव सुनाइन ।

उनले आफू आइओएमको पहिलो महिला डीनको रुपमा आउनका लागि आफू सक्षम छु भन्ने प्रमाणित गर्नु परेको र त्यसमा आफना पुरुष साथीहरुले सहयोग गरेको सुनाइन । उनले नर्वे जस्तो विकसित देशमा पनि २१० वर्षपछि मात्र अहिले पहिलोपटक ओस्लो यूनिभर्सिटीको फ्याकल्टी अफ मेडिसिनमा महिला डीन नियुक्त भएको सुनाइन । सम्मेलनमा सहभागी भएकी युनिभर्सिटी अफ ओस्लोकी फ्याकल्टी अफ मेडिसिनकी डीन प्राडा हाने हर्बोले महिलालाई कम आँकेर नेतृत्व नदिने प्रवृत्ति सबैतिर भएको भन्दै काम गर्न र चुनौती सामना गर्न महिलाहरु पछि पर्न नहुनेमा जोड दिइन ।
सम्मेलनमा नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा आरजु राणाले महिलाहरुले समान अवसर पाएमा नेतृत्व लिन सक्छन् भन्ने प्रमाणित भइसकेकाले उनीहरुका लागि समान अवसर दिइनुपर्नेमा जोड दिइन । त्यसका लागि परिवारको पनि साथ चाहिने बताइन् ।

सम्मेलनमा सहभागी अधिंकांशले महिला भएकै कारण आफूहरुले बारम्बार आफू सक्षम छु भन्ने प्रमाण पेश गरिरहन पर्ने गुनासो गरेका थिए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’