तिलोत्तमा नगरपालिकाभित्र गुट्खाजन्य पदार्थ बिक्री गर्न रोक
हेल्थ टिभी अनलाइन \काठमाडौं : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रभित्र गुट्खाजन्य पदार्थ बिक्री गर्न रोक लगाएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै गुट्खा बिक्री वितरणमा प्रतिवन्ध लगाएको हो।
प्रतिबन्धसँगै नगरपालिकाले गुट्खा बिक्री वितरण गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने निर्णय समेत गरेको छ। गुट्खाजन्य पदार्थको सेवनले स्वास्थ्यमा गम्भीर असर पार्ने तथा सो बाट निस्कने फोहरले नगर क्षेत्रको सौन्दर्यतामा समेत प्रतिकुल असर पर्ने भएकोले यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
मंगलबार प्रकाशित सूचनामा नगरपालिकाले पहिलो, दोस्रो र तेस्रो पटक गरी जरिवानाको फरक दर निर्धारण गरेको छ। त्यसमा डिलर व्यवसायीहरुलाई पहिलो पटक १० हजार, दोस्रो पटक २० हजार र तेस्रो पटक ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण