निजामती कर्मचारी अस्पतालमा कर्मचारी आन्दोलित, निर्देशकको राजीनामा माग

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको मिनभवनमा रहेको निजामती कर्मचारी अस्पतालका कर्मचारीहरुले कार्यकारी निर्देशकको राजिनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन्।
अस्पतालले केहिदिन अघि बिभिन्न पदका लागि ३ सय ५० भन्दा बढी संख्यामा कर्मचारी माग गरेपछि अस्पताल ब्यवस्थापन पक्ष र कार्यरत कर्मचारीहरु वीच विवाद उत्पन्न भएको हो । असन्तुष्ट चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले अस्पतालका कार्यकारी निर्देशक डा विधाननीधि पौडेलको राजिनामा मागेका हुन् ।
अस्पताल ब्यवस्थापनले एकलौटी ढंगबाट कर्मचारी भर्ना गर्न खोजेको कर्मचारीहरुको आरोप छ । बर्षौदेखि कार्यरत कर्मचारीको हित र मर्म विपरित ब्यवस्थापन एकलौटी लागेको भन्दै उनीहरुले आन्दोलन घोषणा गरेका छन् ।शुक्रबारदेखि हरेक दिन १५ मिनेट धर्ना दिने कार्यक्रम राखेका छन् जुन आज चौंथो दिन पनि जारी छ ।
निजामती कर्मचारी अस्पतालमा क्रियाशिल आधिकारिक ट्रेडयूनियको अगुवाइमा आन्दोलन सुरु भएको हो । आन्दोलनले प्रशासनिक कामलाई मात्र प्रभावित बनाउने तर अस्पतालको नियमित सेवा भने खुला नै रहेको आधिकारिक ट्रेडयुनियनका सचिव विनोद पोखरेल जानकारी दिएका छन् ।
यसैगरी डाक्टर एशोसिएसन अफ सिभिल सर्भिस हस्पिटलका अध्यक्ष डा सुमन मरहठ्ठाले अस्पतालले वर्षौदेखि काम गरिरहेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई व्यवास्ता गर्दै बाहिरबाट कर्मचारी भर्ना गर्न खोज्नु खेदजनक भएको र यसमा सबै कार्यरत कर्मचारीको आपत्ति रहेको बताए । उनले गैर जिम्मेवारपूर्वक वर्षौदेखि काम गरिरहेका कर्मचारीलाई निकाल्नका लागि बाहिरबाट कर्मचारी माग गर्नु गलत कदम भएको र त्यसभन्दा पहिले अस्पतालमा अहिले कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको उचित व्यवस्थापन गरिनुपर्ने बताए ।
उनले अस्पताल प्रशासनको गलत कदम विरुद्ध आन्दोलनमा उत्रिए पनि बिरामीको सेवा भने नरोकिने जनाए ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु