महाराजगंज मेडिकल क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी
हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगंज मेडिकल क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ ।
अनेरास्ववियुका नेता लव रावलकाअनुसार स्ववियु सभापतिमा अनेरास्ववियुका आनन्दकुमार सिंहको प्यानल नै विजयी भएको छ । सभापतिमा निर्वाचित सिंहले ५८६ मत प्राप्त गरे । उनकी प्रतिस्पर्धी रहेकी नेविसंघकी उम्मेदवार अविशिखा न्यौपानेले ५८४ मत ल्याइन् । यस्तै, सचिवमा अनेरास्ववियुकी उम्मेदवार विपना न्यौपाने विजयी भइन् । न्यौपानेले ६३८ मत प्राप्त गरिन भने उनका प्रतिद्धन्द्धी पारस खड्काले ५२९ मत ल्याए ।
यसैगरी, कोषाध्यक्षमा अनिलकुमार साह ६२९ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्र्धी सुमन वलीले ५३३ मत ल्याए । सदस्यहरुमा पनि अनेरास्ववियुकै उम्मेदवार प्रतिभा आचार्य ६३९, वीरेन्द्र ६६१, सोमराज ६१९, युवराज ६२८, अनुप ६६३, रितेश ५७९ र अशोक ५७९ मत ल्याएर विजयी भए । प्रत्यक्षतर्फ कुल ११८१ मत खसेकामा ११७९ मत सदर र २ मत बदर भएको थियोे । यस्तै, समानुपातिकतर्फ पनि अनेरास्ववियु नै पहिलो भएको छ । अनेरास्ववियुले ५३७ मत ल्याएको छ भने नेविसंघले ५१७ मत प्राप्त गरेको छ । यसैगरी, अनेरास्ववियु क्रान्तिकारीले १०५ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले १७ मत ल्याए । समानुपातिकतर्फ ११७९ मत खसेको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण