साउथ एसियन फेडेरेसन अफ इन्डोक्राइन सोसाइटीको सम्मेलन नेपालमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : साउथ एसियन फेडेरेसन अफ इन्डोक्राइन सोसाइटिज (साफिज)को पाँचौ अन्तराष्ट्रिय सम्मेलन नेपालमा सुरू भएको छ। सम्मेलन मार्च १७ र १८ गरी दुई दिन चल्नेछ ।
हरेक दुई वर्षमा हुने उक्त सम्मेलन नेपालमा विभिन्न मुलुकका करिव ५ सय इन्डोक्राइन सम्बन्धी डाक्टर सहभागी भएका छन्। यस सम्मेलनमा विभिन्न देशका विज्ञहरुबाट अहिले विश्वमा नै बढ्दै गइरहेको मधुमेह, थाइराइड, मोटोपना तथा अन्य जीवनशैलीसँग सन्बन्धी रोग र हर्मोनसँग सम्बन्धित रोगहरूमा अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत हुने आयोजकले जनाएका छन्।
दुई दिने सम्मेलना भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, इन्डोनेशिया, युकेबाट समेत विज्ञको उपस्थिति रहेको आयोजक साउथ एसियन फेडेरेसन अफ इन्डोक्राइन सोसाइटिजकी अध्यक्ष डा दिना श्रेष्ठले जानकारी दिइन्। डा श्रेष्ठले नेपालमा यो सम्मेलन गर्न पाउनु धेरै ठूलो कुरा भएको बताउदै मधुमेहको समस्या नेपाल तथा साउथ एसियामा उस्तै रहेकाले दुई दिन सम्म चल्ने यस सम्मेलनमा विविध विषयमा छलफल फलदायी हुने र दक्षिण एशियामा मोटोपन र यसको समस्याबारे काठमाण्डौ घोषणा पत्र समेत प्रस्तुत गरिने जनाइन ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण