१४ औं राष्ट्रिय एड्स सम्मेलन भारतको दिल्लीमा सुरु
हेल्थ टिभी अनलाइन \दिल्ली : एड्स सोसाइटी अफ इन्डियााको १४ औं राष्ट्रिय सम्मेलन भारतको नयाँ दिल्लीमा सुरु भएको छ । एचआइभी परीक्षण, निदान र उपचारको क्षेत्रमा भएका विकास, विस्तार, चुनौती एवम अबको बाटो कस्तो हुनुपर्ने भन्ने विषमा केन्द्रित रहेर हुन लागेको ३ दिने सम्मेलन आजबाट सुरु भएको हो । सम्मेलनमा भारतबाहेक, नेपाल, श्रीलंका, म्याम्मार, इन्ग्ल्डान्ड, अमेरिका लगायतका विज्ञहरुको सहभागिता रहेको छ ।
सम्मेलनमा एचआइभी र यसको उपचारका विविध पक्षका १ सय बढी प्रस्तुती रहनेछ । सम्मेलनमा एड्स सोसाइटी अफ इन्डियाका अध्यक्ष डा ईश्वर गिलाडाले यस प्रकारको सम्मेलनले एचआइभी क्षेत्रमा आ आफनो देशमा भएका गतिविधि थाहा हुने र त्यसले सामूहिक रुपमा कसरी यसको उन्मूलनमा काम गर्न सकिन्छ भनेर काम गर्न सजिलो हुने बताए ।
उनले एचआइभी उपचारको क्षेत्रमा निकै प्रगति भएको भए पनि अझै पनि धेरै काम गर्न बाँकी रहेको बताए । भारतमा हाल २३ लाख व्यक्ति एचआइभी संक्रमित रहेको उनले जानकारी दिए ।






अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’