१४ औं राष्ट्रिय एड्स सम्मेलन भारतको दिल्लीमा सुरु

हेल्थ टिभी अनलाइन \दिल्ली : एड्स सोसाइटी अफ इन्डियााको १४ औं राष्ट्रिय सम्मेलन भारतको नयाँ दिल्लीमा सुरु भएको छ । एचआइभी परीक्षण, निदान र उपचारको क्षेत्रमा भएका विकास, विस्तार, चुनौती एवम अबको बाटो कस्तो हुनुपर्ने भन्ने विषमा केन्द्रित रहेर हुन लागेको ३ दिने सम्मेलन आजबाट सुरु भएको हो । सम्मेलनमा भारतबाहेक, नेपाल, श्रीलंका, म्याम्मार, इन्ग्ल्डान्ड, अमेरिका लगायतका विज्ञहरुको सहभागिता रहेको छ ।
सम्मेलनमा एचआइभी र यसको उपचारका विविध पक्षका १ सय बढी प्रस्तुती रहनेछ । सम्मेलनमा एड्स सोसाइटी अफ इन्डियाका अध्यक्ष डा ईश्वर गिलाडाले यस प्रकारको सम्मेलनले एचआइभी क्षेत्रमा आ आफनो देशमा भएका गतिविधि थाहा हुने र त्यसले सामूहिक रुपमा कसरी यसको उन्मूलनमा काम गर्न सकिन्छ भनेर काम गर्न सजिलो हुने बताए ।
उनले एचआइभी उपचारको क्षेत्रमा निकै प्रगति भएको भए पनि अझै पनि धेरै काम गर्न बाँकी रहेको बताए । भारतमा हाल २३ लाख व्यक्ति एचआइभी संक्रमित रहेको उनले जानकारी दिए ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु