सिभिल हस्पिटलमा एकैपटक ३५० भन्दा बढी स्वास्थ्यकर्मीलाई रोजगारीको अवसर

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको सिभिल सर्भिस हस्पिटल (निजामती कर्मचारी अस्पताल) मा एकैपटक ठूलो संख्यामा स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर खुलेको छ ।
अस्पतालले मंगलबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न पदमा स्थायी नियुक्तिका लागि अवसर खुला गरेको हो।
यही क्रममा अस्पतालले १५० भन्दा बढी जनालाई खुलामा र समावेशी प्रतियोगितात्मक लिखित परीक्षा मार्फत र २४८ जनालाई सिमित प्रतियोगितात्मक परीक्षा मार्फत स्थायी पदपूर्ती गर्न लागेको जनाएको छ।
अस्पतालले योग्यता पुगेका नेपाली नागरिकले तोकिएको समयभित्र फाराम भर्न आग्रह गरेको छ । सो को विस्तृत जानकारी अस्पतालको वेभसाइटमा राखिएको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा