डा अवनिभूषणको ‘मुटुसँग सहयात्रा’ पुस्तक विमोचन

हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको मुटुसँग सहयात्रा नामक पुस्तक सार्वजनिक भएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकावीच वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा मृगेन्द्रराज पाण्डे र काठमाडौं विश्वविद्यालयका पूर्व उपकूलपति प्राडा सुरेशराज शर्माले उक्त पुस्तकको विमोचन गरेका हुन्।
डा उपाध्यायले उक्त पुस्तकमा आफनो जीवनको व्यक्तिगत भोगाईदेखि व्यावसायिक यात्रा र यसमा देखिएका अवसर र चुनौतीका विषयमा व्याख्या गर्न खोजिएको जनाए । उनले पुस्तक लेख्न प्रेरित गर्ने परिवारका सदस्यदेखि सहकर्मी तथा आफन्तलाई धन्यवाद दिंदै एकपटक पुस्तक पढ्न आग्रह गरे ।
४५२ पृष्ठको उक्त पुस्तकको मूल्य रु ६ सय ७५ रहेको छ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा