डा अवनिभूषणको ‘मुटुसँग सहयात्रा’ पुस्तक विमोचन
हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको मुटुसँग सहयात्रा नामक पुस्तक सार्वजनिक भएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकावीच वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा मृगेन्द्रराज पाण्डे र काठमाडौं विश्वविद्यालयका पूर्व उपकूलपति प्राडा सुरेशराज शर्माले उक्त पुस्तकको विमोचन गरेका हुन्।
डा उपाध्यायले उक्त पुस्तकमा आफनो जीवनको व्यक्तिगत भोगाईदेखि व्यावसायिक यात्रा र यसमा देखिएका अवसर र चुनौतीका विषयमा व्याख्या गर्न खोजिएको जनाए । उनले पुस्तक लेख्न प्रेरित गर्ने परिवारका सदस्यदेखि सहकर्मी तथा आफन्तलाई धन्यवाद दिंदै एकपटक पुस्तक पढ्न आग्रह गरे ।
४५२ पृष्ठको उक्त पुस्तकको मूल्य रु ६ सय ७५ रहेको छ।






अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’