Health TV Online
Health TV Online
Health TV Online

जलवायु परिवर्तनले स्वास्थ्यमा पार्ने असरका बारेमा राष्ट्रिय कार्यशाला गोष्ठी

जलवायु परिवर्तनले स्वास्थ्यमा पार्ने असरका बारेमा राष्ट्रिय कार्यशाला गोष्ठी

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा जलवायु परिवर्तनले स्वास्थ्यमा पार्ने असरका बारेमा राष्ट्रिय प्रारम्भ कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयुक्त आयोजनामा उक्त गोष्ठी भएको हो ।

नेपालमा जलवायु परिर्वतनले स्वास्थ्य क्षेत्रमा पारेको असर, जोखिमको मूल्याङ्कनका विषयमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा.मेघनाथ धिमालको प्रस्तुति रहेको थियो ।

डा. धिमालले जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा दूषित पानी र खाना, वायु प्रदुषण, खडेरी र पोषणको कमीबाट उत्पन्न हुने रोग, चोटपटक तथा मनोरोगहरु जस्ता समस्याहरु बढिरहेको बताए । उनले तापमान वृद्धिले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न किटजन्य र पानी जन्य जस्ता सरुवा रोगको प्रकोप बढेको र भारी वर्षाले निम्त्याउने बाढी र पहिरो जस्ता प्रकोपहरूले पिउने पानीलाई दूषित बनाई हैजा वा टाइफाइडको प्रकोप जस्ता जनस्वास्थ्य संकटहरू आइरहेको समेत उल्लेख गरे ।

डा धिमालका अनुसार राष्ट्रिय जलवायु परिवर्तन स्वास्थ्य अनुकुलनको  मुख्य सिद्धान्त स्वास्थ्य क्षेत्रमा आवश्यक मात्रामा साझेदारिता बढाएर जलवायु परिवर्तनबाट स्वास्थ्यमा पर्ने असरहरुबाट रोकथाम गर्नु हो ।

कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य सचिव डा रोशन पोख्रेलले जलवायु परिवर्तनको विषय महत्वपूर्ण रहेको र यसमा सम्बन्धित निकायले विशेष प्रथमिकताका साथ हेनुपर्ने र मिलेर अगाडी बढाउनु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियोे भने कार्यक्रमको अध्यक्षता नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीको रहेको थियो ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना