जलवायु परिवर्तनले स्वास्थ्यमा पार्ने असरका बारेमा राष्ट्रिय कार्यशाला गोष्ठी
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा जलवायु परिवर्तनले स्वास्थ्यमा पार्ने असरका बारेमा राष्ट्रिय प्रारम्भ कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयुक्त आयोजनामा उक्त गोष्ठी भएको हो ।
नेपालमा जलवायु परिर्वतनले स्वास्थ्य क्षेत्रमा पारेको असर, जोखिमको मूल्याङ्कनका विषयमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा.मेघनाथ धिमालको प्रस्तुति रहेको थियो ।
डा. धिमालले जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा दूषित पानी र खाना, वायु प्रदुषण, खडेरी र पोषणको कमीबाट उत्पन्न हुने रोग, चोटपटक तथा मनोरोगहरु जस्ता समस्याहरु बढिरहेको बताए । उनले तापमान वृद्धिले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न किटजन्य र पानी जन्य जस्ता सरुवा रोगको प्रकोप बढेको र भारी वर्षाले निम्त्याउने बाढी र पहिरो जस्ता प्रकोपहरूले पिउने पानीलाई दूषित बनाई हैजा वा टाइफाइडको प्रकोप जस्ता जनस्वास्थ्य संकटहरू आइरहेको समेत उल्लेख गरे ।
डा धिमालका अनुसार राष्ट्रिय जलवायु परिवर्तन स्वास्थ्य अनुकुलनको मुख्य सिद्धान्त स्वास्थ्य क्षेत्रमा आवश्यक मात्रामा साझेदारिता बढाएर जलवायु परिवर्तनबाट स्वास्थ्यमा पर्ने असरहरुबाट रोकथाम गर्नु हो ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य सचिव डा रोशन पोख्रेलले जलवायु परिवर्तनको विषय महत्वपूर्ण रहेको र यसमा सम्बन्धित निकायले विशेष प्रथमिकताका साथ हेनुपर्ने र मिलेर अगाडी बढाउनु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियोे भने कार्यक्रमको अध्यक्षता नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीको रहेको थियो ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’