विश्व मिर्गौला दिवसमा वाकाथन

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व मिर्गौला दिवसको अवसरमा जनचेतना जगाउन वाकाथन कार्यक्रमको आयोजना गरिएको छ । मिर्गौला स्वास्थ्य सबैका लागि भन्ने नाराका साथ काठमाडौंको न्यूरोड गेटदेखि बसन्तपुर दरबार क्वायरसम्म वाकाथन आयोजना गरिएको थियो ।
आरोग्य फाउन्डेसन, त्रिवि इन्स्टिच्युट अफ मेडिसिन, (आइओएम) नेपाल मेडिकल स्टुडेन्ट्स सोसाइटीले आयोजना गरेको उक्त कार्यक्रममा मिर्गौला रोगबारे जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिएको थियो । मिर्गौला रोग लागिसकेपछि भन्दा लाग्नुअघि नै सचेत हुन जरुरी भएकाले जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको आइओएमकी डीन प्राडा दिव्या सिंह शाहले बताइन ।
हरेक वर्ष मार्च महिनाको दोस्रो बिहिबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा