नेपालमा पहिलोपटक महिला स्वास्थ्य सम्बन्धी सम्मेलन हुँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पहिलोपटक महिला स्वास्थ्य केन्द्रित राष्ट्रिय सम्मेलन हुने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले नेपालमै पहिलोपटक महिला स्वास्थ्य सम्मेलनको आयोजना गर्न लागेको हो ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक कुमार लालले यही २५ र २६ गते काठमाडौंमा दुई दिने सम्मेलन गर्न लागेको जानकारी दिए । उनले यस किसिमको महिलाका विभिन्न स्वास्थ्यसँग जोडिएर आउने विषयवस्तुमा केन्द्रित भएर पहिलोपटक सम्मेलन हुन लागेको पनि जिकीर गरे ।
सम्मेलनमा यौन तथा प्रजनन स्वास्थ्य, नसर्ने रोग, बालबालिका, किशोरकिशोरी तथा जेष्ठ नागरिकको स्वास्थ्य, मानवीय सहायता आवश्यक पर्ने महिला स्वास्थ्य, पोषण, लगायतका विषयमा छलफल र प्रस्तुती हुने बताइएको छ । सम्मेलनमा विभिन्न विषयमा ८५ कार्यपत्र प्रस्तुत हुनेछ भने ३ सय बढीको सहभागिता रहनेछ ।
महिला स्वास्थ्यका क्षेत्रमा नेपालमा अहिलेसम्म भएका उपलब्धी, देखिएका चुनौती तथा भावी योजनका बारेमा छलफल गर्दै अबको बाटो के हुने र महिला स्वास्थ्यमा सुधार ल्याउन कस्तो रणनिती बनाउने भन्नेमा सम्मेलन केन्द्रित हुनेछ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु