नेपालमा पहिलोपटक महिला स्वास्थ्य सम्बन्धी सम्मेलन हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पहिलोपटक महिला स्वास्थ्य केन्द्रित राष्ट्रिय सम्मेलन हुने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले नेपालमै पहिलोपटक महिला स्वास्थ्य सम्मेलनको आयोजना गर्न लागेको हो ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक कुमार लालले यही २५ र २६ गते काठमाडौंमा दुई दिने सम्मेलन गर्न लागेको जानकारी दिए । उनले यस किसिमको महिलाका विभिन्न स्वास्थ्यसँग जोडिएर आउने विषयवस्तुमा केन्द्रित भएर पहिलोपटक सम्मेलन हुन लागेको पनि जिकीर गरे ।
सम्मेलनमा यौन तथा प्रजनन स्वास्थ्य, नसर्ने रोग, बालबालिका, किशोरकिशोरी तथा जेष्ठ नागरिकको स्वास्थ्य, मानवीय सहायता आवश्यक पर्ने महिला स्वास्थ्य, पोषण, लगायतका विषयमा छलफल र प्रस्तुती हुने बताइएको छ । सम्मेलनमा विभिन्न विषयमा ८५ कार्यपत्र प्रस्तुत हुनेछ भने ३ सय बढीको सहभागिता रहनेछ ।
महिला स्वास्थ्यका क्षेत्रमा नेपालमा अहिलेसम्म भएका उपलब्धी, देखिएका चुनौती तथा भावी योजनका बारेमा छलफल गर्दै अबको बाटो के हुने र महिला स्वास्थ्यमा सुधार ल्याउन कस्तो रणनिती बनाउने भन्नेमा सम्मेलन केन्द्रित हुनेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण