Health TV Online
Health TV Online
Health TV Online

नेपाल क्यान्सर अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठलाई सम्मान

नेपाल क्यान्सर अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठलाई सम्मान

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल क्यान्सर अस्पतालकी निर्देशक एवम समाजसेवी स्वरुपा श्रेष्ठलाई सम्मान प्रदान गरिएको छ ।

समाजमा क्यान्सरबारे सचेतना फैलाउनका लागि श्रेष्ठले गरेको उल्लेखनीय योगदानको कदर गर्दै अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर उनलाई नेपाल चेम्बर अफ कमर्स र नेपाल वुमन चेम्बरले सम्मान गरेको हो । श्रेष्ठले नेपालमा क्यान्सर रोग लागेपछि मृत्यु नै भइहाल्छ भन्ने भ्रम चिर्न क्यान्सरबाट निको भएकाहरुलाई खुलेर बाहिर आउन निकै सहयोग गर्दै आएकी छिन्।

यही क्रममा उनकै पहलमा क्यान्सर सर्भाभरहरुलाई एउटै मञ्चमा ल्याएर उनीहरु जस्तै उपचार गराइरहेका बिरामीको आत्मबल बलियो बनाउन सर्भाइभरको र्याम्प सो समेत हुँदै आएको छ । यसले समाजमा क्यान्सर सभाईभरहरु आफनो रोगबारे खुल्न थालेका छन्। उनको यो पहलका लागि सम्मान दिइएको हो ।

श्रेष्ठले उपचारका लागि सहयोगी हातहरु, नेपाल क्यान्सर सपोर्ट ग्रुप, रोटरी क्लब, लायन्स क्लब, क्यान्सर रिलिफ सोसाइटी लगायतका संस्थामार्फत आर्थिक अवस्था कमजोर भएका क्यान्सरका बिरामीको लागि विभिन्न किसिमका फन्ड जुटाएर उनीहरुको उपचारमा समेत सहयोग समेत गर्दै आइरहेकी छिन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना