‘अल नेपाल मेडिकल कन्फ्रेन्स २०२३’ सम्पन्न, आठ बुँदे घोषणापत्र जारी
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघको अल नेपाल मेडिकल कन्फ्रेन्स -२०२३ सम्पन्न भएको छ। विराटनगरमा तीन दिनसम्म चलेको संघको २९ औं राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको हो।
तीन दिनसम्म चलेको सम्मेलन ८ बुँदे घोषणापत्र जारी गर्दै सकिएको हाे।
‘अल नेपाल मेडिकल कन्फ्रेन्स’ हरेक तीन वर्षमा हुने गर्छ। यस वर्ष विराटनगरमा यही फागुण १८ देखि २० सम्म बिहीबारदेखि शनिबारसम्म भएको थियो। संघको ३० औं सम्मेलन चितवनमा हुने बताइएको छ।
सम्मेलनले मेडिकल टुरिजम र मेडिकल एजुकेशन टुरिजमका लागि गृहकार्य अगाडि बढाउने, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि थप पहल गर्ने, स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी ऐनको कार्यान्वयनमा जोड दिने लगायतका विषय घोषणापत्रमा उल्लेख छ।
सम्मेलनमा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण