‘एनएमए- रुपा चिकित्सा सेवा अवार्ड’ नेपाल क्यान्सर अस्पतालकी नर्स लहरमायालाई
हेल्थ टिभी अनलाइन \काठमाडौं : यस वर्षको ‘एनमएए- रुपा चिकित्सा सेवा अवार्ड २०७९’ नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरकी नर्स तथा अस्पतालकी मेट्रोन समेत रहेकी लहरमाया भासिंकलाई प्रदान गरिएको छ ।
विराटनगरमा भएको २९ औं अल नेपाल मेडिकल कन्फ्रेन्समा बिहिबार उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । नेपालको नर्सिङ क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत उनलाई अवार्ड प्रदान गरिएको हो ।
अवार्ड पाएसँगै उनले आफूलाई नसिंङ क्षेत्रमा अझ बढी काम गर्न प्रेरणा मिलेको बताइन् ।
नेपाल मेडिकल एशोसिएसनसँगको सहकार्यमा रुपा फाउन्डेनले स्वास्थ्य क्षेत्रको विभिन्न विधामा उत्कृष्ट काम गर्ने एक जनालाई प्रत्येक वर्ष उक्त अवार्ड प्रदान गर्दै आएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’