क्रिटिकल केयरका डा सुवास आचार्यले पाए भारतको प्रतिष्ठित अवार्ड
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा क्रिटिकल केयर मेडिसिनको क्षेत्रमा विकास र विस्तार गर्नका लागि विगत १० वर्षदेखि निरन्तर तल्लीन रहेका डा सुवास प्रसाद आचार्यले भारतमा क्रिटिकल केयर सम्बन्धी प्रतिष्ठित अवार्ड ‘प्रेसिडेन्सियल साइटेसन अवार्ड’ प्राप्त गरेका छन्।
भारतको इन्दोरमा इन्डियन सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनको आयोजनामा भएको अन्तराष्ट्रिय सम्मेलनमा डा आचार्यलाई उक्त अवार्ड प्रदान गरिएको हो । नेपालमा डा आचार्यले क्रिटिकल केयर मेडिसिनको विकास र विस्तारमा पुराएको योगदानको उच्च कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । डा सुवास त्रिवि शिक्षण अस्पताल महाराजगंजका क्रिटिकल केयर विभागका प्रमुख समेत हुन्।
आफूले पाएको अवार्डका बारेमा हेल्थ टिभी अनलाइसँग कुरा गर्दै डा आचार्यले भने, ‘नेपालमा क्रिटिकल केयर मेडिसिनको विकासका लागि मैले गरेको योगदानको कदर गर्दै मलाई अवार्ड प्रदान गरिएको त छ तर यो मेरो मात्र अवार्ड होइन । यो अवार्ड मसँगै हातमा हात मिलाएर क्रिटिकल केयर सेवालाई यहाँसम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण मेरा साथीहरु, सिनियर, जुनियर सबैको हो । पात्र मात्र म हुँ । त्यसैले यो अवार्ड मेरो होइन, हाम्रो भन्न चाहन्छु ।’
उनले अवार्ड प्राप्त गरिरहँदा नेपलिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन, क्रिटिकल केयर नर्सेस एशोसिएसन अफ नेपाल, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसनलाई सम्झिरहेको समेत जिकीर गरे । यो अवार्डको हकदार हामी सबै यी संस्थासँग जोडिएका सबै हौं फेरि पनि उनले दोहोराए ।
क्रिटिकल केयर मेडिसिनमा यसप्रकारको प्रतिष्ठित अवार्ड पाउने डा आचार्य पहिलो नेपाली डाक्टर समेत हुन्। अवार्ड पाएसँगै डा आचार्यले नेपालमा क्रिटिकल केयरमा अझ बढी काम गर्न बाँकी रहेको र त्यसका लागि थप हौसला र प्रेरणा मिलेको प्रतिक्रिया दिए ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’