‘प्रत्येक वर्ष ८० लाख शिशु जन्मजात समस्या लिएर जन्मन्छन्’
हेल्थ टिभी अनलाइन : विश्वभर प्रत्येक वर्ष ८० लाख शिशु कुनै न कुनै जन्मजात समस्या लिएर जन्मने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष जन्मिएका ८० लाख शिशुमा कुनै न कुनै समस्या बर्थ डिफेक्ट देखिने गरेको छ । यसरी जन्मनेहरुमध्ये १० जनामा ९ जना न्यून तथा मध्यम आय भएका देशका शिशु रहेको पनि संगठनले जनाएको छ ।
विश्व बर्थ डिफेक्ट्स डेको सन्दर्भमा विश्व स्वास्थ्य संगठनले एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएको हो । जन्मजात देखिने समस्याहरुमा मुटुको समस्या पहिलो नम्बरमा पर्छ । त्यसपछि न्यूरो ट्युब डिफेक्ट र डाउन सिन्ड्रोम रहेका छन्। यी बाहेक अनय धेरै समस्याहरु शिशुहरुमा देखिने गरेको विज्ञप्तिमा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठनकै तथ्यांक अनुसार दक्षिण पूर्वी एशियामा बाल मृत्युको तेस्रो कारणमा जन्मजात समस्या रहेको छ । यसैगरी नवजात शिशुको मृत्युलाई हेर्दा १२ प्रतिशत मृत्यु यही समस्याका कारण हुने गरेको पाइन्छ । पछिल्लो समय शिशुमा देखिने जन्मजात समस्या तीब्र रुपमा बढेको पाइन्छ ।
दक्षिण पूर्वी एशियामा यो संख्या सन् २०१० मा ६२ प्रतिशत दशमलब २ प्रतिशत थियो भने सन् २०१९मा यो संख्या बढ्र ९ दशमलब २ प्रतिशत पुगेको छ । सन् २०१९ मा मात्रै यस क्षेत्रमा १ लाख १७ हजार बालबालिकाको मृत्यु जन्मजात समस्याले भएको तथ्यांक रहेको छ । बर्थ डिफेक्टबाट हुने मृत्युदर रोक्न सबै मिलेर काम गर्न यसको निदान र उपचारमा सबैको पहुँच पुराउन आवश्यक रहेको संगठनले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण