यसरी पाउनुस् धूम्रपानको कुलतबाट छुटकारा
हेल्थ टिभी अनलाइन : धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ। यो कुरा सबैलाई थाहा छ तर, शिक्षित व्यक्ति नै धूमपान गरिरहेको भेटिन्छन्।
चुरोट तथा सुर्तीजन्य पदार्थमा निकोटिन, टार जस्ता स्वास्थ्यलाई हानि पुर्याउने रसायन पाइन्छ। यसको बानी प्राणघातक सावित हुन सक्छ।
तपाईँसँग इच्छाशक्ति छ भने धूमपान वा सुर्ती छाड्ने थुप्रै तरीका छन्–
तलतल लागेमा लामो श्वास लिएर आफ्नो ध्यानलाई अन्यत्र मोड्ने कोसिस गर्नुहोस्।
तलतल बढी नै लाग्यो भने प्रशस्त पानी र फलफूलको जुस पिउनुहोस्।
आफूलाई सकेसमम व्यस्त राख्नुहोस्।
दिमाग एकोहोरो भएका बेला धूमपान गर्न मन लाग्ने भएकोले मनपर्ने गीत सुन्ने, पुस्तक पढ्ने वा अन्य मन लाग्ने कृयाकलाप गर्नुहोस्।
लत लागेका तीनचार जनाले एकैचोटि धूमपान त्याग्ने निधो गरेमा सम्भव हुन्छ। लतलाई एकाएक त्याग्नुस्। भोलि या पर्सि छोड्छु भनेर दिन हेरेर नबस्नुस्। यसो गरे कहिले पनि धूमपान त्याग्न सकिँदैन।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड