अायुर्वेदिक अाैषधि अभाव
काठमाडौं : करिब छ महिना अघि आयातमा रोक लगाइएपछि नेपालमा आयुर्वेदिक औषधि अभाव छ। नियमित औषधि सेवन गर्ने बिरामी अभावका कारण समस्यामा परेका छन्।
नेपालमा ७० प्रतिशत आयुर्वेदिक औषधि भारतलगायत मुलुकबाट आयात हुने गरेको छ। अभाव भएपछि आयुर्वेद चिकित्सक संघले स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद विभागमा तत्काल औषधि आयात खुलाउन ज्ञापनपत्र बुझाएको थियो। आयुर्वेद विभागका महानिर्देशक डा.वासुदेव उपाध्यायले नेपालमा औषधि अभाव भएको जानकारी दिँदै केही दिन यस्तै अवस्था रहे बिरामी औषधि सेवन गर्नबाट बञ्चित हुने बताए।
नेपालमा आयुर्वेदिक औषधि कम्पनी सबैखालका आयुर्वेदिक औषधि निर्माण गर्न सक्षम नभइसकेकोले अझै ७० प्रतिशत औषधि आयातमा भर पर्नुपर्ने अवस्था छ। आयातको पनि अधिक अंश छिमेकी मुलुक भारतकै रहेकाे डा. उपाध्यायले बताए।
आयुर्वेद औषधि सल्लाहकार समितिका संयोजक समेत रहेका महानिर्देशक डा.उपाध्यायले सल्लाहकार समितिको निर्णय गरेर भारतबाट आयात हुने कतिपय औषधिमा सर्टिफिकेट अफ फर्मास्युटिकल्स प्रोडक्ट सीओपीपीको व्यवस्था लागू गर्न नसकिने हुनाले औषधि आयातको बाटो खुलाउन औषधि व्यवस्था विभागलाई सिफारिस गरिसकेको जानकारी पनि दिएको जानकारी दिए।




अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’