Health TV Online
Health TV Online
Health TV Online

यस्ता स्वास्थ्य समस्या छन्?, अपनाउनुस् यी उपाय

यस्ता स्वास्थ्य समस्या छन्?, अपनाउनुस् यी उपाय

कब्जियतकाे समस्या– शरीरलाई आवश्यक पर्ने मात्रामा पानी नखाए कब्जियत हुन्छ। ‘फाइबर’ र पानी दुवैैले पाचन प्रक्रियामा मद्दत पुग्छ। फाइबरयुक्त खाना खाँदा यो समस्याबाट टाढा रहन सकिन्छ।

श्वास गन्हाउनु– जब आवश्यक ‘ग्लुकोज’को मात्रा पुग्दैन तब हाम्रो शरीरमा रहेको बोसो पग्लिन्छ र ‘केटोन’ नामक एसिड उत्पन्न हुन्छ। जसले थोरै ‘कार्बोहाइड्रेट’ भएको खानेकुरा खान्छ, उसको श्वासमा केटोन मिसिएर आउँछ र श्वास फेर्दा गन्ध आउँछ।

छालामा परिवर्तन– भनिन्छ छालाले शरीरको बारेमा धेरै कुरा बताउँछ। खराब आहारले अनुहारमा डण्डीफोर र अन्य खटिरा आउँछ। छालामा सेतो दाग आउनुको कारण शरीरमा ‘क्याल्सियम’को कमीले हुन सक्छ। त्यसैले शरीरले क्याल्सियम प्राप्त गर्ने खाना पर्याप्त रूपमा खान आवश्यक छ।

कपाल पातलो हुनु– कपाल पातलिनुको प्रमुख कारण हो, आइरनको कमी। आइरनले ‘रेड ब्लड सेल’ बढाउँछ। यसले रगतमा अक्सिजन पुर्याउने काम गर्छ। खानामा दैनिक हरियो साग, तरकारी र दाल अनिवार्य गर्नाले कपाल पातलो हुने समस्याबाट मुक्ति पाइन्छ।

ओठको कुनामा घाउ आउनु– धेरैलाई ओठको कुनामा घाउ आउने समस्याले सताइरहेको हुन्छ। यो शरीरमा आइरनको कमीले हुन्छ। यसको एक मात्र समाधान आइरनयुक्त खाना खाने हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर

जाडोमा ‘लेमन टी’

जाडोमा ‘लेमन टी’