समुदायलार्इ स्वास्थ्य चौकी हस्तान्तरण
नुवाकाेट : भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरिएको नुवाकोटको ककनी गाउँपालिका–२ ओखरपौवास्थित सिसडोल स्वास्थ्य चौकी समुदायलाई हस्तान्तरण गरिएको छ।
‘भूकम्पपश्चात स्वास्थ्य सेवा सुधार कार्यक्रम’अन्तर्गत कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोर्इका)को आर्थिक तथा प्राविधिक सहयोगमा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी)मार्फत निर्माण गरिएको सो भवन सोमबार समुदायलार्इ हस्तान्तरण गरिएको हो।
भवन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले नयाँ भवनका कारण स्वास्थ्य उपचार सेवा प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। ककनी गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडा लामाले स्थानीयवासीको माग बमोजिम स्वास्थ्य चौकीमा प्रयोगशाला निर्माणका लागि जनशक्ति एवं उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाइन्।
एक करोड रूपैयाँ लागतमा निर्माण गरिएको भवनमा बहिरङ्ग, प्रसूति, गर्भजाँच, औषधि कक्ष र कर्मचारी निवास रहेको स्वास्थ्य चौकीका इञ्चार्ज पर्शुराम अर्यालले जानकारी दिए।
भवन हस्तान्तरण कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत योङ सिक पार्क, कोर्इ काका नेपालस्थित आवासीय प्रमुख डा. होङ क्यो किम, जीएनआइका नेपालस्थित आवासीय प्रमुख मिन हो चोइ र यूएनडीपीका प्रतिनिधि शान्ति कारञ्जितलगायत उपस्थित थिए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’