झापामा डेंगु नियन्त्रण अभियान
भद्रपुर : लामखुट्टेबाट हुने डेंगु रोग नियन्त्रणका लागि झापामा अभियान थालिएको छ। असोज र कात्तिकमा डेंगुको प्रकोप बढी देखिने भएकाले नियन्त्रण अभियान थालिएको हाे।
जिल्लाका सबै स्थानीय तहले प्रत्येक वडामा अभियान सुरु गरेका छन्। स्थानीय तहका स्वास्थ्य शाखाले डेंगु प्रभावित क्षेत्रमा सतर्कता अपनाउँदै जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन्।
भद्रपुर, मेचीनगर, बिर्तामोड, अर्जुनधारा, कनकाई, शिवसताक्षी र दमक नगरपालिकाले बजार क्षेत्रमा विशेष अभियान थालेका छन्। भद्रपुर नगरपालिका स्वास्थ्य शाखाले सदरमुकामस्थित भद्रपुर बजार क्षेत्रमा घरदैलोमार्फत अभियान सञ्चालन गरेको छ।
स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिसहितको टोलीले डेंगु उत्पादन हुने लार्भा नष्ट गर्न गरेका छन्। सफा पानी जमेको स्थानमा लामखुट्टेले अण्डा पार्ने भएकाले जमेको पानीको पहिचान गर्दै डेंगुको लार्भा नष्ट गर्न थालिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए।
टिनका डब्बा, रंगका खाली डब्बा, थोत्रा टायर, अलकत्र वा मट्टितेलका खाली ड्रम, फूलदानी, गमला, कुलर, पानी ट्यांकीमा डेंगुको लार्भा भेटिने गरेकाले त्यस्ता सामग्री प्रयोग भएको स्थानमा गएर लार्भा नष्ट गर्न थालिएकाे उनले बताए।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण