Health TV Online
Health TV Online
Health TV Online

बालककाे शव पाँच दिनदेखि अस्पतालमा

बालककाे शव पाँच दिनदेखि अस्पतालमा

दमौली : भानु नगरपालिका–२ बाह्रबिसेमा सवारीसाधन दुर्घटनामा परी मृत्यु भएका एक बालकको शव पाँच दिनदेखि दमौली अस्पतालमै छ। क्षतिपूर्ति रकमबारे सहमति नभएपछि शव परीक्षण समेत हुनसकेको छैन।

चितवनको नारायणगढबाट लमजुङको बेँसीशहरतर्फ जाँदै गरेको ना३ख ४५३४ नम्बरको बसले ठक्कर दिँदा भानु नगरपालिका–२ का १२ वर्षीय कुमार पोखरेलको मृत्यु भएको थियो। जानाजान ठक्कर दिएर मारेको भन्दै चालकविरुद्ध पोखरेल परिवारले किटानी जाहेरी दिएकाे छ।

मृतकको परिवारले सात लाख रूपैयाँ क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने अडान लिएका छन्। पृथ्वीराजमार्ग बस सञ्चालक समितिले तेस्रो पक्षको बिमाबापत प्राप्त हुने पाँच लाख र एक लाखभन्दा बढी क्षतिपूर्ति दिन नसक्ने जनाएको छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा